धरान । विश्वमा सबै भन्दा बढी दर्शकले रुचाएको विश्वकप फुटबल २०२२ कतारमा आइतबार बाट सुरु भइसकेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्र कतारलाइ इक्वेडरले २-० ले पराजति गरेको छ ।
त्यस्तै आज हुने पहीलो खेलमा शक्तीसाली मानीएको राष्ट्र इंगल्यान्ड र इरान भिड्दै छन् । इरानको पहिलो लक्ष्य भनेको चाँहि टप १६ मा आफ्नो ठाँउ बनाउने रहेको छ । उक्त खेल नेपाली समय अनुसार ६:४५ मा हुनेछ ।
त्यस्तै गरी दोस्रो खेल टिम बि मा रहेका सेनेगल र नेदरल्यान्ड बिच हुनेछ । खेल नेपाली समय ९:४५ मा सुरु हुनेछ ।
उता तेस्रो खेल भने चाँही राति १२:४५ बजे अमेरीका र वेल्स बिच हुनेछ ।


