धरान । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ८ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल झरी दुर्घटना हुँदा टेम्पोमा सवार रहेका पाथिभरा याङबरक गाउँपालिका १ का ७५ बर्षीय धन बहादुर गुरुङ र उनकै नाति ११ बर्षीय इशान गुरुङको घटना स्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


