धरान । झापाको बुद्धशान्ति गाउँपालिका १ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन् । बिहीबार बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए । 

उनको प्रहारबाट श्रीमतीको घटना स्थलमै मृत्यु भएको  थियो । 

तत्काल घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले करुवा प्रहार गर्ने गोरडलाई घटना स्थलबाट नै पक्राउ गरेको हो ।  पक्राउ परेका गोरडको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 गोरड भारतको महाराष्ट्र घर भई बुधबारे बजारमा सुन पसल संचालन गरी बस्दै आएका थिए ।