धरान । काठमाडौँबाट रुकुमकोट जादैँ गरेको अवस्थामा त्रिशुलीमा बस खसेको छ ।
शनिबार बेलुका करिव सवा ६ बजे बा ४ ख ५७९० नम्बरको बस बेनिघाट रोराङ गाँउपालिका १० हुग्दिखोलास्थित त्रिशुली किनारमा खसेको जिल्ला प्रहरी कार्यालय धादीङले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्तबस रोड भन्दा २०० मिटर तल खसेको हो । र दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ।


