धरान । संखुवासभा खाँदबारी पांठामा एक सांगीतिक कार्यक्रममा गायिका समीक्षा अधिकारीमाथि ढुंगा प्रहार भएको छ । 

खाँदबारीमा सांगीतिक कार्यक्रम प्रस्तुत गरीरहदाँ उनी माथि ढुगां प्रहार भए पछि त्यहाँको माहोल खैलाबैला भएको थियो । 

ढुंगा प्रहार गरिए पश्चात समीक्षाले यसो नगरिदिनुस् तपाँइको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरीन् ।