धरान । नेकपा एमाले र जसपा नेपालको संयुक्त निर्वाचन परिचालन कमिटिले आजबाट घरदैलो अभियान सुरु गरेको छ । 

धरान–६ पानवारीबाट सुरु भएको घरदैलो अभियानमा स्थानीय उम्मेदवार रमेशकुमार बस्नेतको क्रेज देखिएको छ । ६ नं. वडाबाट पहिलो पटक सांसदका उम्मेदवार भएका एमाले नेता रमेशकुमार बस्नेतको भव्य स्वागत भएको थियो । स्थानीयबासीले आफ्नो वडाबासी प्रदेश सभा सदस्यको उम्मेदवार भएको भन्दै घर–घरमा स्वागत गरेका थिए । नेकपा एमालेका प्रदेश कमिटि सदस्य एवं पूर्व पाँचकन्या गाविसको सफल अध्यक्ष भएकोले पनि बस्नेतको लोकप्रिय भएको स्थानीयको बुझाइ छ । बस्नेत सहित जसपा नेपालका संघिय परिषद् अध्यक्ष अशोक कुमार राई सुनसरी क्षेत्र नं. १ बाट संघिय सांसदका उम्मेदवार हुन् । उनीहरुलाई स्थानीयले फुलको माला, खदा तथा सगुन (दही खुवाइदिएर) सहित स्वागत गरेका थिए ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिताका कारण २५ जना भन्दा बढी घरदैलो अभियानमा हिड्न नपाइने भएकोले अभियानमा सिमित संख्यामा उपस्थिति रहेको थियो तर घर–घरबाट पाएको सद्भावले आफुलाई निकै उत्साहित बनाएको बस्नेतले प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले आफु जनताकै काम गर्न निर्वाचनमा उम्मेदवार भएको भन्दै भोटकालागी अपिल गरेका छन् । 

314394161_715248593329768_3894249074106699315_n

314083534_1522790798148533_2735513916854527467_n

313828193_5391777770877668_6185966229259882710_n

संघिय सांसदका उम्मेदवार अशोककुमार राईले पानवारीमा भएको घरदैलोमा स्थानीयले आफुलाई गरेको स्वागतले पुराना दिनको सम्झना गराएको बताए । उनले भने ‘म विद्यार्थी कालमा धरानमा संगठन गर्दाका साथीहरुसँग पनि भेट भयो, नेकपा मालेको पार्टी कार्यालय बनाएको घरमा पनि पुगियो, अहिले पनि पानवारीमा कम्युनिष्ट आस्था पहिलाको झै पाएको’ बताए ।

राईले सुनसरी १ नं. बासीले आफुबाट धेरै आशा गरेको भन्दै मतदाताको आशालाई मर्न नदिने प्रतिबद्धता जनाए । उनले भने ‘मैले भन्दै आएको छु म यस क्षेत्रकैलागी काम गर्न लागि परेको छु, फरक यति हुन्छ म सदन र सरकारमा हुँदा धेरै काम गर्न सक्छु ।’

धरानको ६ नं. वडा पानवारीबाट सुरु भएको घरदैलो अभियान १४ दिनसम्म चल्ने तालिका सार्वजनिक समेत भएको छ । तालिका अनुसार धरानका विभिन्न वडामा घरदैलो अभियान चल्ने छ ।

धरान–६ पानवारीमा आज भएको घरदैलो कार्यक्रममा निर्वाचन आचारसंहिताको कारण विशाल टोली देखिएन । तर घर घरमा माला र खदाले तालमेलका उम्मेदवारहरुलाई स्वागत गरेका थिए ।