स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेललाई दिइएको छ ।
यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल० को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिए ।


