मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको हो भने घटना थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


