धरान।  धरानका पुराना गायक तथा संगीतकार नवराम राईको स्वरमा " तिमी मलाई भुली देउ " बोलको गीतको लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरिएको छ।

भिडियोमा गायक नवराम राईलाई फिचर्ड गरिएको छ।   तिमी मलाई भुली देउ बोलको गीतको रचना तथा संगीत कालीङ्गपोङ्गका चर्चित गायक तथा संगीतकार ब्रायन मोक्तानको हो।  २०११ को अप्रिलमा निधन भैसकेका  संगीतकार ब्रायन मोक्तानको सम्झनामा उनलाई नै समर्पित गरेर गायक नवराम राईले यो भिडियो निकालेका हुन्।  यो गीत उनको अल्बम नमुना मार्फत डेढ दशक अघि नै बजारमा आइसकेको हो। चार दशक अघि  धरानको सांगीतिक माहोलमा आफुहरुले धेरै गाइरहने गीत  " तिमी मलाई भुली देउ " का गायक तथा संगीतकार ब्रायन मोक्तानलाई उनकै गीत मार्फत श्रदान्जली दिन पाउँदा आफुलाई  एकदमै खुशी लागेको गायक राई बताउंछन्। 

म्युजिक भिडियो लिङ्क :

https://youtu.be/cROd0Z00OUg