धरान : धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालयबाट सहभागी भएका सबै विद्यार्थी उत्तीर्ण भएपछि विद्यालय परिवारमा खुसीको माहोल छ।

विद्यालयका इन्चार्ज नीर कुमार राई का अनुसार यस वर्ष परीक्षामा सहभागी २१ जना विद्यार्थीमध्ये सबै जना सफल भएका हुन्। सार्वजनिक नतिजाअनुसार २ जना विद्यार्थीले GPA ३.६१ देखि ४.० सम्म ल्याएर A+ ग्रेड प्राप्त गरेका छन् भने ९ जनाले GPA ३.२१ देखि ३.६० सम्म ल्याई A ग्रेड हासिल गरेका छन्। त्यसैगरी १० जना विद्यार्थीले GPA २.८१ देखि ३.२० सम्म ल्याई B+ ग्रेड प्राप्त गरेका छन्।

"विद्यालयले यस उपलब्धिलाई विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन, लगनशीलता तथा शिक्षकहरूको समर्पित शिक्षणको परिणाम हाे " विद्यालयका इन्चार्ज नीर कुमार राईले भने  " विद्यालय प्रशासनले सफल विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त  गर्दछु  साथै उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुर्‍याउने शिक्षक–कर्मचारी, अभिभावक तथा शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दछु ।"

विद्यालयले कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी बिद्यालयका प्राचार्य डम्बरकुमार तुम्बापाेले  आगामी शैक्षिक सत्रका लागि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको  जानकारि दिए ।उनले  स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विशेष सहुलियत र प्राथमिकता दिने नीति पनि विद्यालयले अघि सारेको जानकारी दिए  । “शिक्षा सबैको पहुँचमा हुनुपर्छ” भन्ने मूल नारासहित विद्यालयले जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।