धरान । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईई २०८२ को नतिजासँगै धरान–१२ स्थित मेघा हिमालयन स्कुल मा खुसीको माहोल छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा निकाल्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई फेरि एकपटक प्रमाणित गरेको हो।

विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। तीमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्।

यस वर्ष विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। अध्ययनसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय सान्त्वनुले विशेषगरी सिङ्गिङ आइडल प्रतियोगितामा पनि आफ्नो प्रतिभा देखाउँदै आएका थिए।

नतिजा सार्वजनिक भएसँगै विद्यालय परिसरमा विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच उत्साह थपिएको छ। विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ।

यस वर्ष देशभर एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा यो नतिजा ४.१७ प्रतिशतले सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। मेघा हिमालयन स्कुलको शतप्रतिशत नतिजाले धरानको शैक्षिक क्षेत्रमा थप सकारात्मक सन्देश दिएको छ।