धरान ।  नृत्यकर्मीहरूको हक, हित तथा कला प्रवर्द्धनका लागि क्रियाशील संस्था धरान नृत्यकला प्रतिष्ठान को अधिवेशनबाट नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा देवराज खड्का र पनिता तामाङ, सचिवमा सन्तोष तामाङ तथा सह–सचिवमा प्रविन भुजेल र सागर राई चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा सुरेश राई चयन भएका छन् भने सदस्यहरूमा पवन तामाङ, सन्देश तिमल्सिना, एलिसा ल्वागुन, आइश्वर लिम्बू, रुविन परियार, रेशु धमला, इचिङ्सा लिम्बू, सविता शेर्पा, हर्क तामाङ तथा तृष्णा राई चयन भएका छन्।

अधिवेशनअन्तर्गत सम्पन्न कार्यक्रमको खुल्ला सत्रमा प्रमुख अतिथिका रूपमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाको उपस्थिति रहेको थियो। प्रमुख अतिथि वेघाले धरानका कलाकारलाई आगामी दिनमा व्यवस्थित तरिकाले समेटेर लैजाने बताएका छन्। कार्यक्रम नवनिर्वाचित अध्यक्ष नन्दा राईको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वक्ताहरूले धरानमा नृत्यकर्मीहरूको हक अधिकार, अवसर तथा नृत्य प्रस्तुति र अभ्यासका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको औंल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।