धरानः धरानमा  ठूलो परिमाणमा लागुऔषध सहित दूईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६का  राहुल आचार्य र धरान–११का रोहित रिजाल रहेका छन् ।   लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले धरान–१६ जोरसखुवा स्थित आचार्यको घरमा   छापा मारेको थियो ।  

प्रहरीका अनुसार २० वर्षका राहुल आचार्यको कोठामा खानतलासी गर्दा ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट भेटिएको छ।  जम्मा १७,१५० वटा औषधि बरामद भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।    दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।