सुनसरी, — दुर्लभ वन्यजन्तु तस्करगर्दै गरेकाे अवस्थमा सुनसरीको बर्जु क्षेत्रबाट गैंडाको खागसहित ४ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले विशेष सूचनाका आधारमा खटिएको अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार झापाबाट पिछा गर्दै आएको टोलीले बर्जु ताल नजिकै शंकास्पद गतिविधिमा संलग्न समूहलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट गैंडाको खाग बरामद गरिएको छ।
बराह बाहिनी पकलीका अनुसार उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा ३ जना बर्जुका स्थानीय र १ जना मोरङका रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


