धरान । धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुनसरीलाई १७ थान ‘ह्वील लक’ सहयोग गरेका छन्। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त सामग्री ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराइएको हो। मंगलबार भाटीले कार्यालयमै ट्राफिक प्रहरीका प्रहरी निरीक्षक अनिल माबोहाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उनले कार्यपालिका सदस्यमा छुटिदै आएकाे बजेटबाट  ५० हजार बराबरको ‘ह्वील लक’ खरिद गरि हस्तान्तरण गरेकाे बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अनिल माबोहाङले सवारीसाधन पार्किङ गर्दा व्यवस्थित रूपमा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। माबोहाङका अनुसार प्रारम्भिक चरणमा सवारी चालकलाई सम्झाइ–बुझाइ गरी सचेत गरिने र त्यसपछि पनि नियम उल्लङ्घन गरेमा ‘ह्वील लक’ प्रयोग गरिने बताइएका छन्।