धरान । धरान–१७ स्थित माउन्ट मोरियाह हाई स्कुलमा एक साता लामो ‘खेलकुद सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूलाई पुस्तकिय ज्ञानसँगै खेलकुदको महत्वबारे सचेत गराउने उद्देश्यले विद्यालयले खेलकुद सप्ताह आयोजना गरेको हो । खेलकुदले स्वस्थ जीवनशैली निर्माण गर्न मद्दत पुर्याउने सन्देश विद्यार्थीहरूमा प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम अन्तर्गत लुडो, म्युजिकल चेयर, टेबलटेनिस, चेस, बुक ब्यालेन्स, चेन्जिङ रेस, स्पुन रेस, कंगारु रेस, म्याथेम्याटिकल इक्वेसन रेस तथा बेलुन ब्रस्ट लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएको थियो ।

स्पोर्ट्स विकमा विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता तथा उपविजेता विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल प्रताप तामाङसहित शिक्षक–शिक्षिकाले मेडल प्रदान गरेका थिए ।


