धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित हिमाली सामुदायिक वनमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार बुधबार बिहान ८ बजे सोही सिता विश्वकर्मा (अन्दाजी ६० वर्ष), धरान–८ निवासी मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी चौकी तिनकुनेबाट प्रहरी सहायक निरीक्षक सन्तोष मिश्रको कमाण्डमा टोली घटनास्थलमा पुगेकाे थियाे । प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक भिषण बाबु राईको कमाण्डमा अपराध स्थल अनुसन्धान अधिकृत ( SOCO) टोली समेत घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा राखिएकाे छ । घ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


