सुनसरी, । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ को जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयोन्मुख देखिएका छन । हालसम्मको मतगणनाअनुसार राईले ३१ हजार ७०६ मत प्राप्त गर्दै प्रतिस्पर्धी भन्दा उल्लेख्य अग्रता बनाएका छन ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १७ हजार ९५२ मत प्राप्त गरेकी छन । राई र तामाङबीच हाल १४ हजार ७५४ मतको अन्तर रहेको छ ।
अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ५ हजार ३सय २६ मत पाउदा नेकपा एमालेका टीकाराम लिम्बूले ४ हजार १२१ मत र तथा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २ हजार ७७७ मत प्राप्त गरेका छन ।
हालसम्म क्षेत्र नं १ अन्तर्गत धरानको वडा नं. १ देखि २० तथा बराहक्षेत्र नगरपालिका–१ सम्मको मतगणना सम्पन्न भएको छ । जम्मा ६६ हजार ४७० मत गणना हुँदा ६३ हजार ४८९ सदर र २ हजार ९८१ बदर मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना अझै जारी रहेको ।


