धरान । चौबिसे गाउँपालिका–६ मा अवस्थित पुण्य माध्यमिक विद्यालयमा पुण्य क्रियेटिभिटी हबको दोस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

करीब एक वर्षअघि सोही विद्यालयका पूर्व विद्यार्थी रामचन्द्र लिम्बुको संयोजकत्वमा तथा पुण्य माध्यमिक विद्यालयको सहकार्यमा गठन गरिएको यस हबले विद्यालयका छात्र–छात्राहरूलाई टेक्नोलोजी, प्रतियोगितात्मक कार्यक्रम र रोबोटिक्स जस्ता गतिविधिमा सक्रिय बनाउँदै आएको छ। साथै, विद्यार्थीहरूलाई अनुसन्धान र नवप्रवर्तनमा समेत उत्प्रेरित गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
२०८२ असार २२ गते सम्पन्न साधारण सभाले गरिमा बस्नेतलाई अध्यक्ष, सफलता चेम्जोङलाई उपाध्यक्ष चयन गरेको छ। त्यस्तै, यथार्थ कटुवाल सचिव, म्यारोन थापा सह–सचिव र सरगम याख्या कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। साधारण सभाले करिब २२ सदस्यीय कार्यसमिति गठन गरेको छ।
सुपरिवेक्षक टेकनाथ लिम्बुका अनुसार, “विद्यार्थीहरूमा थप उत्साह र जागर जगाउँदै चौबिसे क्षेत्रको प्राविधिक तथा वैज्ञानिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




