धरान । लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ गरेका छन् । सुनसरीको कोशी गाउपालिका वाट प्रहरीले ९.६८ ग्राम ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका ६ चिरौली का अनोज कुमार उँराव र रुपेश कुमार यादब ,ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका ४ का े राजन बास्तोला, सुनसरी ईटहरी उप–महानगरपालिका १७ का मो. समिर खान र सोही स्थानमा राजेश पुरी रहेका छन् । उनिहरुलाई लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरेकालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।


