धरान । विश्वमा तिब्र रुपले फैलिइरहेको मिश्रित मार्शल आर्ट्स (एमएमए) अव धरानमा पनि सुरु हुने भएको छ ।  धरान पहिलो पटक मिश्रित मार्शल आर्ट्स (एमएमए) सुरुवात हुने भएको हो । युवा व्यवसायी एलिस लिम्बुले युवा नेता तथा व्यवसायी सन्तोष विकको सहकार्यमा धरानमा पहिलो पटक एमएमए को ट्रेनिङ सेन्टर  सञ्चालन गर्न लागेको हुन् ।  सञ्चालनको तयारी स्वरुप धरानमा अहिले मिश्रित मार्शल आर्ट्स (एमएमए)को डेमोस्ट्रेसन धरानमा  भइरहेको छ ।  धरान आदर्श बोर्डिङ स्कुलका विद्यार्थीहरुमाँझ विभिन्न फुटसल तथा कवडहलहरुमा विषेश गरि विद्याथीहरुलाई प्राथमिकतामा राखेर  एमएमको डेमोस्ट्रेसन भइरहेको हो ।  एमएमए आर्टिस्ट रिचार्ड अलेक्जेंडर मान्र्सले विद्यार्थीहरुलाई एमएमएको विभिन्न कलाहरु प्रदर्शन गरेका थिए । एसिल सुब्बा एमएमएमा मार्सल आर्टस्का सबै विधाहरुका प्रविधि प्रयोग हुन्छन् । जसले गर्दा एमएमए लोकप्रिय छ । यसमा प्रतिस्पर्धीहरूलाई स्ट्राइकिङ र ग्रेपलिंग प्रविधिहरू प्रयोग गर्न अनुमति हुन्छ । जसले गर्दा प्रतिष्पर्धामा रोमाञ्चकता हुन्छ । हतियार बिना लडाइ गर्ने सबैभन्दा उत्तम कलाको खोजी हुँदा मार्सल आर्टस्बाट एमएमएको विकास भएको हो । जुन विश्व प्रसिद्ध युएफसी, बेल्लाटोर र वन च्याम्पियनसिप जस्ता ठूला प्रतियोगिताहरुमा समेत समावेश हुन्छ । एमएमएको ट्रेनिङ दिदा प्रशिक्षार्थीहरुलाई विभिन्न मार्शल आर्टहरू जस्तै ब्राजिलियन ज्यू–जिट्सु, मुवाथाइ, बक्सिङ, रेस्लिङको तालिम दिइन्छ । त्यस्तै गरी स्ट्राइकिङमा पञ्च, किक, एल्बो, थ्रो, टेकडाउन जस्ता कुराहरुको प्रशिक्षण दिइन्छ । एमएमए आर्टिस्ट रिचार्ड अलेक्जेंडर मान्र्सले बालबालिकादेखि वृद्धसम्म साथै अशक्तहरुले पनि एमएमएको तालिम लिदा आत्मरक्षाकोलागी अत्यन्तै उपयुक्त हुने बताए । उनले भने – निर्धाे मानिसले बलियो मानिसलाई कसरी पराजित गर्न सक्छ अथवा धेरैजनाको आक्रमणबाट आफु एक्लै हुँदा कसरी जोगिने भनेर एमएमएले सिकाउछ ।’ विद्यालयहरुमा विद्यार्थीलाई एमएमको प्रभावकारीताका विषयमा सचेतना गराउने अभियान चलिरहेको लिम्बूले बताए । उनले भने –हामी धरानमा पनि एमएमएको ट्रेनिङ व्यवस्था गर्न लागेका छौ, अहिले हामी सचेतना फैलाउने काममा छौ । एमएमएको ट्रेनिङ लिएको मान्छेले आफ्नो आत्मरक्षाकालागी आफै सक्षम हुन्छन् भने जो कोहीले आक्रमण गर्न सक्दैनन् ।’