धरान, माझी जातिले मान्दै आएको आफ्नो मौलिक परम्परागत पर्व कोशी पुजाको अवसरमा विदा दिने सम्बन्धमा मुख्यमन्त्री केदार कार्कीले आफु सकरात्मक रहेको जनाएका छन् । मुख्यमन्त्री कार्कीले नेपाल माझी उत्थान संघले बुझाएको ज्ञापन–पत्र बुभ्mदै हरेक जातजाति र समुदायको ऐतिहासिक सांस्कृतिक एवम् धार्मिक चाडपर्वहरुलाई संरक्षण गर्नु प्रदेश सरकारको आफ्नो कर्तव्य मुख्यमन्त्री कार्कीको भनाई थियो । नेपाल माझी उत्थान संघका सुनसरी जिल्ला अध्यक्ष घनश्याम माझीले आफ्नो जातिको महान पर्वका अवसरमा आजसम्म विदा समेत नपाउंदा पर्व मनाउन असहज हुनका साथै कतिपय माझी समुदायहरु पर्व मनाउनवाट वञ्चित हुने गरेको बताएका थिए । उनले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले आप्mनो जातिको यस वर्ष फागुन १५ गते परेको कोशी पुजा पर्वले विदा पाउनुका साथै राज्यवाट मान्यता पाउनेमा विश्वस्त भएको बताए । ज्ञापन–पत्र बुझाउने कार्यक्रमको समन्वय, व्यवस्थापन तथा सहजिकरण नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् नेपाल आदिवासी जनजाति महासंघका नेता सुजेन्द्र गोले तामाङले गरेका थिए । सो अवसरमा नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य अनुपमा सुनुवार, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्य विनोद तिमिल्सिना, नगर सचिव जितेन्द्र राई, नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य गुन्जमान माझी लगायतको उपस्थिति रहेको थियो ।


