धरान । वडा नम्बर १३ धरानमा जारी २४ औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । धरान रङ्गशालामा प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरान–१३ ले धरान–१८ लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । धरान १३को लागी मिलन राईले ह्याट्रिक गर्दै आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका थियो । उनले खेलको ३४ मिनेटमा १ गोल र दोस्रो हाफको २ मिनेट र २७ मिनेटमा १÷१ गोल गरि ह्याट्रिक पुरा गरे भने विवेक राईले खेलको २४ मिनेट र २६ मिनेटमा १÷१ गोल गरि कुल २ गोल गरे । सहिल श्रेष्ठले दोस्रो हाफको ४५ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको फाइनल पुर्याए । निर्धारित ९० मिनेटको खेलमा धरान–१८ का बिनोद चौधरीले खेलको दोस्रो हाफको १५ मिनेटमा सात्तोना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा १३ का मिलन राई घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार ५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे । बिहिवार हुने दोस्रो सेमिफाइनल खेल धरान–१७ र धरान–१४ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ । गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।


