धरान । धरान उपमहानगर पालिका का मेयर हर्कराज राई हर्क (साम्पाङ)ले वीपी कोइराला प्रतिष्ठानमा ताल लगाएका छन् । मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यलयमा आफैंले ताला लगाएका हुन् । उपकुलपतिको कार्यलयमा ताला लगाउदै कसैले नखोल्न धम्की समेत दिएका छन् । यो मेरो अनुमति विना कसैले नखोल्नु भन्दै ताला लगाएर निस्केका थिए । उनले ताला खोल्ने आट कसैले नगर्नु धन्दै धम्की समेत दिए । वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार आफ्ना समर्थक सहित प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए । साम्पाङले ताला लगाउँदै भने, ‘वीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैं आएर खोल्छु ।’उनले ताला वन्दि पछि कार्यवहाक उपकुलपतिलाई घिसारे ल्याउने भन्दै सामाजीक सञ्जाल वाट धम्की समेत दिएका छन् । उनले सामाजिक सञ्जालमा धम्की पुर्ण भाषामा स्टाटस लेखेका छन् । उनले कार्यवहाक उपकुलपतिलाई घिसार्दै निकाल्ने धम्की दिएका छन् । मेयर साम्पाङ वीपी प्रतिष्ठानका पदेन सञ्चालक परिषद सदस्य हुन् । प्रतिष्ठानमा आन्तरिक वढुवाको माग गर्दे चिकित्सक तथा कर्मचारीहरुले काम छोडेर आन्दोलन सुरु गरेपछि मेयर साम्पाङ दलवल सहित प्रतिष्ठान पुगेर ताला लगाएका हुन् । कार्यवहाक उपकुपतिको कारण आफ्नो वढुवा रोकिएको आन्दोलनरत कर्मचारी तथा चिकित्सकहरुको आरोप छ । उनिहरुसगै प्रतिष्ठानका रजिष्टार र प्रा.डा. सूर्य संग्रौलाले समेत कामु उपकुलपतिको कारण समस्या आएको आरोप लगााउदै आएका छन् । कर्मचारी तथा चिकित्सकले अस्पताल सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिए पछि प्रतिष्ठान अस्तव्यस्त भएको छ । गत बर्ष पौष २० गते प्रतिष्ठानले सुरू गरेको आन्तरिक वढुवा गत भदौ ७ गते लोकसेवा आयोगले पत्र काट्दै रोकिदिएको थियो । आयोगले नयाँ नियमावलि स्वीकृत गरेर मात्र बढुवा प्रक्रिया सुरू गर्न निर्देशन दिए सगै बढुवा प्रक्रिया रोकिएको थियो । तर प्रतिष्ठानका शिक्षक कर्मचारीहरूले भने कामु उपकुलपतिकै कारण लोकसेवा आयोगले पत्र काटेको भन्दै प्रक्रिया कामु उपकुलपतिको कारण रोकिएको आरोप लगाउदै तत्काल सुरु गर्नु पर्ने माग गर्दे आएका छन् । प्रतिष्ठानका रजिष्टारले भने लोकसेवा आयोगले समेत मौखिक सहमति दिइसकेको अवस्थामा कामु उपकुलपतकै कारण वढुवा प्रक्रिया रोकिएको वताउदै आएका छन् । उनले लोकसेवा आयोगले पुरानै नियमावलि अनुशार अगाडी बढ्नु भन्दै मुद्धा परे तामेलिमा राख्ने मौखिक सहमति दिएको दावि गरे । प्रतिष्ठानका कर्मचारी र चिकित्सकको समस्या समाधानको लागी सकारात्मक भएको वताउदै भने – उहाँ कामु उपकुलपति भने मुद्धा पर्छकी भनेर डराउनु भएको छ ।’ कामु उपकुलपति तयार भए आफुहरु प्रक्रिया सुरु गर्न तयार रहेको रजिष्टारको भनाइ छ । कामु उपकुलपति कार्कीले भने लोक सेवा आयोग तथा स्वास्थ्य मन्त्रीवाट समेत निर्देशन नआएको कारण वढुवा प्रक्रिया वढाउन समस्या भएको वताए । उनले प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा चिकित्सक मार्कामा परेको उनिहरुको समस्या समाधानको लागी आफु सकारात्मक भएको दावी गर्छन् । ‘लोक सेवा आयोगले नयाँ नियमावलि पास गरेर मात्र वढुवा गर्न निर्दशन दिएको छ उनले भने–मन्त्रिज्युले पनि लोकसेवा आयोगको सहमति लिएर नियम प्रक्रिया पुर्याएरमात्र प्रक्रिया अगाडी वढाउन निर्देशन दिनु भएको छ’ । तर उनले कर्मचारी तथा चिकित्सकको समस्या समाधानमा लागी परेको वताए ।


