धरान ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले “स्वस्थ्य नागरिक समुन्नत समाज”भन्ने मुल नाराका साथ स्वास्थ्य शिविर गरेको छ । नेपाली काग्रेस क्षेत्रिय समितिले , धरान १८ स्थित अमर पोलिक्लिनिककाे प्राविधिक सहयोगमा बराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई लक्षित गरी बराहक्षेत्र वडा नं. ३ स्थित अस्थायी कोभिड अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य गरेको हो ।
शिविरिमा धरानका ग्याष्ट्रोलोजी एण्ड हेपेटोलोजी विशेषज्ञ डा. सन्दिप राज बज्राचार्य सहितको टोलीले पेट, ग्याष्ट्रिक, पेनक्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिसावाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरुको जांच गरेका थिए । शिविरवाट १९४ निःशुल्क सेवा लिएका थिए । नेपाली काग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा भएको शिवरमा काग्रेस जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद एवम् महासमिति सदस्य ममता तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधि पुजा धामी, पूर्व जिल्ला सचिव बुद्धि कटवाल, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, बराहक्षेत्र नगर सचिव प्रतिक राई, धरान नगर सहसचिव शिला बज्राचार्य, बराहक्षेत्र ३ का वडा अध्यक्ष राजदीप लामा, बराहक्षेत्र ५ का वडा अध्यक्ष रोहित काप्mले, क्षेत्रीय सदस्यहरु लोकमणि शर्मा, पर्शुराम चौधरी, प्रदिप राई, श्याम सुब्बा, कमला श्रेष्ठ, लक्ष्मी घिमिरे, गम्भिर क्षेत्री, वडा सभापतिहरु अमर कटवाल, ईश्वर थापा, पनुलाल धामी, नुतन धामी, दिलबहादुर पौडेल, आशिष श्रेष्ठ, जीवन थापा मगर लगायतका पाटी नेताहरुको उपस्थिति रहेको थियो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा शिविरमा बराहक्षेत्र वडा नं. ३ र ५ सहयोग रहेको थियो । यस अघि वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्ट्रोक टिम (पक्षघात समुह) को सहयोगमा धरान उपमहानगरपालिकाका वडा नं. ३, ८ र १५ मा समेत अभियान सञ्चालन गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।


