धरान । नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले  एमालेले मात्रै भ्रष्टाचार र तस्करी नियन्त्रण गरी कानुन र न्यायको राज दिन सक्ने दाबी गरे । उनले नेकपा एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताए ।पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा भएको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले देशको हित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने बताए । उनले भने,‘जति बेला एमाले सरकारमा गएको छ । एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै नेकपा एमालेले मात्रै देशमा समृद्धि ल्याउने काम गरेको छ ।’

उनले नेकपा एमाले साँढे तीन वर्ष सरकारमा हुँदा राष्ट्रिय हितको काम गरेको बताए । विकासको सन्दर्भमा उनले एयरपोर्ट, बाटो घाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा  एमालेले काम गरेको दाबी गरे । अहिले विकास निर्माण ठप्प भएको भन्दै यस विषयमा गठबन्धन सरकारले सोच्न समेत नसकेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सरकार साम्प्रदायिक भावनाको जालबाट उठेको बताए । उनले 

ओखलढुङ्गाको हर्कपुरमा भएको सभामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले राष्ट्रिय एकताको भावना बढाउन त के यस बारेमा सोच्न सम्म पनि नसकेको आरोप लगाए । उनले अहिले पनि यो सरकारले साम्प्रदायिकता पक्षहरूलाई भित्र भित्रैबाट बढवा दिइरहेको आरोप लगाए । उनले गठबन्धन सरकारले निराशाको भावना फैलाउँदै राष्ट्र भक्तिलाई कमजोर बनाएको आरोप लगाए ।