387756088_10226871036356442_7504193247048525917_n (1)धरान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् ।  नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले आजै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।  प्रदेश प्रमुख खापुङलाई राजीनामा बुझाउँदै कार्कीले संविधानको धारा १६८ (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा विश्वासको मतको लागि अपनाइने प्रकृया अवलम्बन गर्नु अगावै दलिय सहकार्य र प्रदेश सरकारको स्थायित्वलागी आफुले राजिनामा वुझाएको राजिनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजिनामापत्रमा  प्रदेश सरकारको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत् सुशासन कायम गर्न जातीय, धार्मिक एंव–सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भन्ने उदेश्यले विश्वासको मत प्राप्त गर्ने विधि र प्रकृयाअगाडि नबढाउन र त्यस्तो विधि प्रकृयालाई अश्विकार नगरी संवैधानिक दृष्टिकोणले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको भूमिका प्रभावकारी रुपमा स्थापित गर्न, विश्वासको मत प्राप्त हुने वा नहुने विषयको परीक्षण गर्नु पूर्वनै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरका छन् । प्रदेश प्रमुख खापुङले  गत असोज २२ गते नेपालको संविधानको धारा १६८ (३) बमोजिम कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा कार्कीलाई नियुक्त गरेका थिए ।