धरान । एन्फा केन्द्रमा विवाद भए पनि काशी प्रदेशमा भने फुटवलका गतिविधी रोकीएका छैनन । एन्फा सुनसरीले पहिलो पटक प्याप्सन एन्फा प्रेसिडेण्ड कप प्याप्सन एन्फा प्रेसिडेण्ड कप गर्ने भएको छ । आज शुक्रबार देखी सुरु हुने प्रतियोगितामा जिल्ला भरका ३२ टिमको सहभागिता रहने तथा प्रतियोगिताको संयोजन प्याप्सन सुनसरीले गर्ने प्रतियोगिताका संयोजक भेषराज कार्कीले वताए । प्रतियोगिताको नकआट चरण सुनसरीको इटहरी र बराहक्षेत्रमा आज शुक्रबार एकै साथ सुरु हुने छ । दुई स्थान भएको प्रतियोगिताका विजिेता र उपविजताले उपाधीको लागी धरानमा हुने लिग चरणमा प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउदा उपविजेता ले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ,प्रतियोगिताको तेस्रो र चौथोले क्रमशः१० हजार र ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एन्फा सुनसरीका अध्यक्ष नविन राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई नगद ३ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीलाई नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

शैक्षिक गथिविधि सगै खेलकुदको क्षेत्रमा पनि प्याप्सन सुनसरीले काम गर्दै आएको वताउदै प्याप्सन सुनसरीका अध्यक्ष अनुप तामाङले एन्फा सगको सहकार्यले फुटबल खेलाडी उत्पादन सहयोग पुग्ने विश्वास गरे । प्याप्सनले फुटवल सगै अन्य खेलकुदका कार्यक्रम गर्दे आएको भए पनि एन्फा सगको सहकार्यले विद्यालयमा अध्ययन गर्दै गरेका राम्रो खेलाडीहरुले माथिल्लो स्तरमा खेल्ने मौका पाउने वताए ।


