धरान | धरानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक विजयपुर ट्रेडर्सले   FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। ट्रडर्समा  आयाेजित कार्यक्रममा जिल्ला ट्राफिक कार्यलय सुनसरी का प्रहरी निरिक्षक र ट्रेडर्सका प्रबन्ध निर्देशक प्रभाव  खतिवडाले सार्वजनिक गरेका थिए ।     यो मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेकाे तथा  नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको  ट्रडर्सका प्रवन्ध निर्देशक खतिवडाले जानकारी दिए । FZ-S FIV३० उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित रहेकाे जानकारि दिदै कम्पनीका  अमीत कुमार झाले भने   "फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-SFI भर्सन ३० मा एयर-कूल्ड फोर स्ट्रोक १४९ SOHC दुई-भल्भ, एकल- सिलिन्डर ईन्धन - इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ ,जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ ।"  यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित वताउदै विजयपुर ट्रेडर्स सञ्चालक खतिवडाले भने  "FZ-5 V3 धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू नेभी ब्लू र मेटालिक से तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नया भरियन्ट सार्वजनिक गरन पाउँदा हर्षित छौं। नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टनिस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ । यामाहा FZ-S ले सधै आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ। हामी नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी छौं। हाम्रा राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलों राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन् ।"

यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ । यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ । बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको छ।