धरान । ५८ ओेँ वालदिवसका अवसरमा नेपाल स्काउट, धरान नगर तदर्थ समितिले  चित्रकला प्रतियोगिता  गरेकाे छ ।    एम्स स्काउट क्रियूको सहयोगमा अन्तर विद्यालय स्काउट ट्रुप  प्रतियाेगिता    एम्स   एकेडेमी धरान १२ मा सम्पन्न भएको थियाे । ।

received_298674459437450

धरानका १३ विद्यालयका ३८ स्काउटहरुले सहभागिता जनाएको प्रतियोगितामा के के इन्टरनेशनल स्कुलकी सुहाङ्मा लिम्वु प्रथम बन्दा युरेका स्कुलकी स्रिम्रन लिम्वु द्वितीय, माउण्ट हर्मन स्कुलकी निनामहाङ राई तृतीय तथा आईडल स्कुलकी मिक्सा लिम्वुले सान्वना स्थान हासिल गरिन् ।

received_348443587519641

विजेतालाई ट्रफि र मेडल नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, कोशी प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी, सहायक राष्ट्रिय प्रशिक्षक शुसील राई, रोभर  लिडर बब्लुकुमार साहले प्रदान गर्नुभएको थियो । धरान नगर संयोजक अनुप तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य नगर सदस्य मधुसुदन घिमिरेले गर्नुभएको भियो भने कार्यक्रम सञ्चालन रेन्जर नवीना मङ्ग्रातिले गर्नुभएको भियो