धरान ः सप्तकोशी नदीमा सोमबारर बिहानको मापन अनुसार पानीको बहाब ३४ वर्षयताकै उच्च भएपनि दिउँसो देखी पानिको वहान घट्दै गएको छ । सोबार साझ ४ बजे गरिएको मापन अनुसार पानीको बहाब ३ लाख ५७ हजार क्यूसेक प्रतिसेकेण्डमा झरेको सुनसरीका प्रहरी उपरिक्षक प्रभु ढकालले जानकारी दिए । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब थियो । पानीको बहाब उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्यूसेकेक प्रतिसेकेण्ड रहेको छ । व्यारेज क्षेत्रमा वालुवा थुप्रिएपछि सप्तकोशी नदीको पुलको क्षमतामा पनी कमि आएको छ ।


