अबैध औषधी  पसलेहरुको भागा-भाग  

 धरान ः स्वाथ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालनहूने अस्पताल  , पोलिक्लिनिक र औषधी पसल सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ । तर नियमकनिकायले ध्यान नदिदा  धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर अनुमित विनाका पोलिक्लिनिक छ्याप्छ्प्ती छन् । पोलिक्लिनिकमात्र होइन औषधी पसलहरुले समेत अनुमनि विना सञ्चालनमा छन् । त्यस्ता औषधी पसलमा फार्मेसीको ज्ञान नभएकाहरुले औषधी समेत बिक्री गर्दै आएका छन् ।  नियामक निकायले अनुगमन गर्न आउदा पसल बन्द गरेर उनिहरुको भागा भाग हुन्छ ।    प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेको सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । पोलिक्लिनिक सगै  फार्मेसीहरु समेत अवैध रुपमा सञ्चालनमा रहेका छन् । कतिपय फार्मेसीहरुमा त अनाधिकृत व्यक्तिहरुले औषधी समेत विक्री गर्ने गरेको जनस्वास्थ्य कार्यालय सुनसरीका फार्मेसी सुपरभाइजर अशोक शाले वताए । अधिकांश औैषधी पसलहरुले त   औषधीहरु तोकिएको भन्दा धेरै मुल्य लिएर बिक्रि गर्ने गरेको  शाहले जानकारी दिए ।  पोलिक्लिन तथा फार्मेसीहरु आधिकारीक रुपमा दर्ता नगरि तथा केहीले दर्ता गरे पनि नविकरण नगरी सञ्चालन समेत  गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यलय सुनसरीका जनस्वाथ्य निरिक्षक पर्शुराम शाहले वताए  । उनले   ५० प्रतिशत भन्दा धेरै  फार्मेसीमा अनाधिकृत व्यक्ति राखेर औषधी विक्री गर्ने गरेको जनकारी दिए  । प्रतिष्ठानको गेटमा सञ्चालनमा रहेको दिव्यम् डाइनोष्टिक सेन्टर र माता पाथिभरा मेडिकल सेन्टर  त कहि पनि दर्ता नगरी अनुमति विना  अवैध रुपमा सञ्चालन गरिरेको धरान उपमहानगर पालिकाका जनस्वास्थ्य निरिक्षक  विजयकुमार साहले वताए । उनका अनुसार प्रतिष्ठान बाहिर रहेका सुनसरी प्याथोलोजी ल्याब, पाँचकन्या पोलिक्लिनिक र सुनकोशी डाइनोष्टिक , टाटा डाइनोष्टिक सेन्टर , सप्तकोशी डाइनोष्टिक सेन्टर अवैध  रुपमा सञ्चालनमा रहेका छन् ।   उनिहरुले ७३ सालमा दर्ता गरे पनि त्यसपछि नविकरण गरेका छैनन भने सेवा थप गरेको भए पनि अनुमति भने  नलिएको ले कारबाहीको लागी सिफारिस गरिएको साहले वताए ।  अनुमति नलिइ फार्मेसी तथा पोलिक्लिनिकहरुको अवैधमा सञ्चालन भइरहेको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यलयको नेतृत्वोको   अनुगमन टोली पुग्दा कतिपय व्यवसायीहरु पसल बन्द गरेर भागेका थिए ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा प्रतिष्ठानको गेट अगाडी टोली पुग्दा अवैध रुपमा सञ्चालनमा रहेका फार्मेसीहरु बन्द गरेर व्यवसायहरु भागेका थिए । कानुन विपरित सञ्चालन भएका फार्मेसी तथा पोलिक्लिनीकहरुलाई कारबाही गरिने उनले वताए ।    ‘हामी आउदा बन्द गरेर भागे पनि उनिहरु भागिदार हुनुपर्छ ’ उनले भने ‘अहिले भागे पनि  कानुनको दायरावाट कोही भाग्न सक्दैन । ’ टोलीले ५८ वटाको अनुगमन गरेको थियो  भने अन्य अधिकांश अनुगमन टोली आएपछि बन्द गरेर भागेका थिए ।  गृह मन्त्रालय निर्देशनमा जिल्ला प्रशासन कार्यलयले सुनसरीका १२ वटै स्थानिय तहमा अनुगमनलाई तिव्रता दिइरहेको छ । 

ऋवैधरुपमा सञ्चालनमा रहेका पोलिक्लिनिक तथा डाइनोष्टिक सेन्टरहरु 

  दिव्यम् डाइनोष्टिक सेन्टर

  सुनसरी प्याथोलोजी ल्याब, 

पाँचकन्या पोलिक्लिनिक 

 सुनकोशी डाइनोष्टिक , 

टाटा डाइनोष्टिक सेन्टर 

सप्तकोशी डाइनोष्टिक   

ऋवैधरुपमा सञ्चालनमा रहेका औषधी पसलहरु 

हरी ॐ मेडिको 

  पाथिभार मेडिकलहल 

  सुनकोशी फार्मेसी 

 प्रतिन फार्मेसी 

 घोपा औषधी पसल 

 ऋषिका मेडिकलहल 

 सुजिता फार्मेसी 

 माहि मेडिकलहल

 सुप्रिया फार्मेसी 

 वेल फर्मा  

  विश्व फार्मेसी 

 धन्यवाद फार्मेसी 

 धरान एकता फार्मेसी 

 विहानी मेडिकल हल 

 पाथिभरा मेकिलहल 


123546712101314111615

8  9 1

तस्विर ः  वीपी काेइराला स्वास्थ्य िवज्ञान प्रतिष्ठान अगाडी  अवैध रूपमा सञ्चालनमा रहेका अाैषधी पसलहरू