धरान ः झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–५ को एक घरबाट कमल गाउँपालिका–४ का ३५ बर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका–५ मा बस्ने २७ बर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ बर्षीया मिना राईलाई र बिर्तामोड नगरपालिका–४ का २० बर्षीय महममताज अलि रहेका छन् । लागुऔषधको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले श्रेष्ठ र सुब्वा दम्पतिको साथ वाट ८ ग्राम लागुऔषध ब्राउनसुगर र ३ थान मोवायल सहित पक्राउ गरेको हो । यसैगरी झापाकै मेचीनगर नगरपालिका–६ मेची पुल छेउबाट महममताज अलि २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेको प्रहरीले जनाएको छ । भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका अलिलाई चेकजाँच गर्ने क्रममा लागुऔषध सहित उनिहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ


