धरान ः मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पथरी शनिश्चरेका ३२ बर्षीय  राज कुमार तुम्बाफो रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।    बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय  तुम्बाफोलाई १ थान  कटुवा पेस्तोल सहितपक्राउ गरेको हो । तुम्बाफोले घरमा लुकाइ राखेको अवस्थामा पेस्तोल फेला परेको र   पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कोशी प्रदेश प्रहरी कार्यलयले जानकारी दिएको छ ।