धरान  ;   धरानमा फैलिएको डेङगु महामारीको कारण ७ जनाको मृत्यु भइसकेको छ । गत वैसाख देखी सुरु भएको   डेङगुकै कारण धरानका ७ जनाको   भएको हो ।    

डेङगुका कारण  जेठ २३ गते धरान–१७ घर भएकी ३० वर्षीय महिला  मृत्यु भएको थियो भने  असार १५ गते धरान–११ घर भएकी ४० वर्षकी महिलाको मृत्यु भएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताका अनुसार  साउन २ गते धरान–११ घर भएको ७९ वर्षका वृद्धका  सोही दिन र  धरान–१८ घर भएका ८४ वर्षीय वृद्धको मृत्यु भएको थियो ।   साउन ३ गते धरान–५ घर भएकी ५३ वर्षीय विष्णुमाया कालिकोटको डेङगुको कारण मृत्यु भएको थियो ।  साउन ७ गते धरान–१० का ५६ वर्षका पुरुषको मृत्यु भएको छ ।  डेङगुका कारण  ४ महिला र ३ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भई सकेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए । धरानमा डेंगुको महामारी फैलिएको धरानमा संक्रमण दर ८५ प्रतिशत पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेंगु क्लिनिकमा पछिल्लो परीक्षणमा संक्रमण दर उच्च देखिएको हो । धरान उपमहानगरपालिकाको तथ्याङ्क   २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको  जनाए पनि धरानमा ५ हजारको हाराहारीमा डेङगु रोगी रहेका छन् । उपमहानगरमा वीपी प्रतिष्ठानको मात्र डाटा रहेको छ । धरान रहेको विजयपुर अस्पतालमा गरेको परिक्षणमा ५सय जनामा डेङगु सक्रमण देखिएको अस्पतालका निर्देशक प्रभाव खतिवोडाले जनाएका छन्  । धरानमा रहेका निजि ल्याव तथा क्लिनकहरुको डाटा भने उपमहानरमा छैन  । धरानमा  घरैपिच्छे  डेङगु सङ्क्रमणका कारण घरका सम्पूर्ण सदस्य बिरामी रहेका छन् । तर स्थानीय सरकार धरान उपमहानगरपालिका भने मौन रहेको छ ।  अस्पतालमा बिरामीको सङ्ख्या चापाचाप छ भने धेरै बिरामीको आर्थिक समस्याका कारण अस्पताल गएर चेकजाँच समेत गरेका छैन ।