धरानः धरानमा डेङ्गीको महामारी फैलिएपछि  विभिन्न संघ संस्था, पुर्व जनप्रतिनिधी तथा राजनितिकदलहरु रोकथामको गर्न लागि परेका छन् ।  डेङ्गीको  महामारी रोकथाम तथा नियन्त्रणका जनता समाजवाद पाटिले एक साता देखी अभियानलाई निरन्तरता दिएको छ ।  सचेतनामुलक कार्यक्रम सहित सर्च एण्ड डिस्ट्रोए अभियान सगै विरामीलाई सिटामोल समेत वितरण गर्दै आएको जसपा धरान अध्यक्ष ताजुब लिम्बुले वताए । उनले धरान नगरलले निर्णयनै गरेर धरान ११ वाट सुरु गरेको अभियान अहिले धरान १५ मा जारी रहेको वताए । ‘अभियान अन्तर्गत हामीले  लार्भा मार्ने तथा जमाएर राखेको पानि फाल्ने गर्दै आएको छौ’ उनले भने –‘लार्भा तथा डेङ्गी सक्रमण गर्ने मच्छर मार्नुका साथै  डेङ्गीको वाट कसरी बच्ने सकिन्छ भन्ने पर्चा समेत बाडिरहेका छौ ।’ धरान ११ वाट सुरु गरेको अभियान , १२, १७ हुदै १५ नम्बरमा सकिएको र बुधवारदेखी ९ नम्बर वडामा सुरुहुने उनले जानकारी दिए । उनले धरानका सबै वडाहरुमा  पाटिले   डेङ्गी   महामारी रोकथाम तथा नियन्त्रण अभियान २०८०  सञ्चालन गर्ने जानकारी दिए ।  अभियान अन्तर्गत डेङ्गी सक्रमितहरुलाई १सय ४० फायल सिटामोल समेत  वितरण गरिएको वताए  ।   गत बैसाखवाट धरानमा सुरुभएको डेङ्गी  महामारीको कारण हाल  सम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ हजारको हाराहारीमा सक्रमितहरु रहेका छन् ।