बिराटनगर,  मोरङ र झापावाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले मोरङको बिराटनगरवाट १ जना , पथरीशनिश्चरेवाट १ जना र झापाको विर्तामोडवाट ३ जनालाई अवैध लागुऔषध सहित पक्राउ परेको हो  । प्रहरीका अनुसार  विराटनगर महानगरपालिका –१६ हुलास चौकवाट   झापाको कमल गाउँपालिका –६ का बिबेक ग्वाला लागु औषध सहित पक्राउ परेका हुन् । प्रहरीले उनको साथवाट  लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल  लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको  थियो  ।   ईलाका प्रहरी कार्यालय पथरी   पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थितबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई व्राउनसुगर सहित पक्राउ गरेको छ ।  शंकास्पद अवस्थामा हिडिरेका  गुरुङलाई  चेकजाँच गर्दा उनकोे साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यलय  विराटनगरले जनाएको छ ।   लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका– ४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी  स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बि.क. लाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।