पाँचथर, पाँचथरको फिदिम नगरपालिका –२ ओदिन स्थित मेची राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । ओदिन बाट फिदिमतर्फ आउदै गरेको प्र.१–०३–००१ ब ००१९ नंबरको मोटरसाईकल अनियन्त्रित दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई सडकबाट अंदाजी ५ मिटर तल झरेर दुर्घटना हुदा झापाको बिर्तामोड नगरपालिका– ८ मेथिबारी घर भएका २४ बर्षिय युबराज अधिकारीको मृत्यु भएको कोशी प्रदेश प्रहरीकार्यलय विराटनगरले जनाएको छ । दुर्घटनामा परेर गम्भिर घाईते अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


