धरान ः धरान १२ स्थित एम्स एकेडेमीमा विद्यार्थीकाे अाकर्षण बढेकाे छ । एम्स एकेडेमीमा पहिलाे प्रवेश परिक्षामा ३ सय २७ जना सहभागी भए । माध्यामिक शिक्षा परीक्षा उर्तिण गरेका विद्यार्थीहरुको लागि पहिलो चरणको प्रवेश परीक्षा शुरुवातमै उल्लेख्य विद्यार्थी सहभागी भए । एकेडेमीले पहिलो चरणको लागि विहिवार प्रवेश .परीक्षा लिएको हो । कलेजले कक्षा ११ मा नया भर्नाका लागि प्रवेश परीक्षा संचालन गरेकोमा ३ सय २७ जना सहभागी भएको प्लस टु कोअडिनेटर हेमन्त भण्डारीले जानकारी दिएका छन् ।
भण्डारीका अनुसार दोस्रो चरणको प्रवेश परीक्षा असार ३१ गते हुने छ । एम्समा साईन्स, म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल एन्ड टुरिजम, होटल म्यानेजमेन्ट, ह्युमानिटी, मास कम्युनिकेसन र एजुकेसन बिषयको पढाई हुने गरेको छ। अहिलेको समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासका लागि अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिईने कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदीले जानकारी दिए। एम्स एकेडमीले शिक्षा क्षेत्रमा पछिल्लो समय ठुलो फड्को मार्नं सफल भएको छ । यस कलेजका प्राध्यापकहरु दक्ष तथा अनुभवि भएकोले पनि कलेजमा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुने गरेको छ । कलेजले दिदै आएको शैक्षिक गुणस्तर नै कलेजको विशेषता भएको कलेजका मेनेजमेन्ट कोअर्डिनेटर सुवेदीको भनाई रहेको छ ।


