धरान । पाहुना टोली एभेनियर फुटबल क्लब क्याम्रुन २३ औँ बूढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि नजिक पुगेको छ । एन्फा मोरङलाई शुन्यका विरुद्ध २ गोलले पाखा लगाउदै क्याम्रुनले फाइनल यात्रा तय गरेको हो ।
उपधिको लागी क्याम्रुनले अव शनिबार झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)को सामना गर्ने छ । धरान रंगशालमा बिहिबार भएको खेलमा क्याम्रुनको लागी खेलको ४४ औ मिनेटमा टिम्बाले (१०) हेडमार्फत गोल गर्दा दोस्रो गोल भने उपहारमा पायो । क्याम्रुनका डिनले (१८) गरेको प्रहार मोरङका डिफेन्डर सुजन चौधरीले क्लियर गर्न खोज्दा आत्माघाती गोल भएको थियो ।
क्याम्रुनका टिम्बमाले सब्बा अलि (१५)ले गरेको प्रहार क्रस बारमा लागेर रिवान्स वललाई हेड मार्फत गोल गरेका थिए । उनले विपक्षि गोल रक्षक प्रनिजय चौधरी विट भएको अवस्थामा खाली पोष्टमा गोल गरेर खेलमा अग्रता कायम गरेका थिए । खेलको म्यान अफ दी म्याच क्याम्रुनका डिन घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए । प्रतिष्पर्धात्मक खेलमा क्याम्रुनले राम्रा मौकाहरु सदुपयोग गर्न सकेनन् । क्याम्रुनले दर्जनौ मौका खेर फालेका थिए । खेलको ९ मिनेटमा फ्रेडिक मेड्जो )८) डिक्स भित्र वाट गरेको प्रहार विपक्षी गोल रक्षक प्रनिजय चौधरीले नियन्त्रणमा लिए ।
खेलको ८६ औ मिनेटमा रिचार्ड विल्सन ११ को क्रस पासमा टिम्बा १० को वान भर्सेस वानमा गोल गर्न चुके । आफ्ना भरपार्दा खेलाडी मोसेज घाइेत भई खेल्न नसक्दा पनि आफ्नो पक्षमा नजिता आएको भन्दै कोच आषिश थापा मगरले खुसी ब्यक्त गरे । खेल राम्रो भयो सोचे अनुरुपकै खेल भयो उनले भने हामी उपाधि उचाल्छौ । युवा खेलाडीले भरिएको मोरङका लागी खेलको ११औ र १५ औ मिनेटमा दूइवटा फ्रि किक को मौका सदुपयोग गर्न सकेनन् ।
४२ औ मिनेटमा सान याख्खाले डिबक्स भित्रवाट गरेको प्रहार गोलको दिसा दिन सकेनन् । उनलको प्रहार विपक्षि गोल रक्षक तासो अलाइन ३५ ले नियन्त्रणमा लिए । ६९औ मिनेटमा सुजन चौधरीको प्रहार क्रस बार नजिकै वाट वाहिरियो । शारिरिक रुपमा कमजोर हुुदा नजित सुम्पन बाध्य भएको मोरङका कोच रानु रानामगरको भनाई छ । डिफेन्सलाईमा केही समस्या भयो उनले भने गोल रक्षकले सहि जजमन्ट गर्न सकेनन् । उनले सुरुको गोल अफ साइड भएको भए पनि निणायकले नदिएको वताउदै भने हाम्रा डिफेन्सहरुले अफ साइड भनेर छोडे त्यही बल गोल भयो ।


