धरान । प्रदेश १ ले नाम पाएको छ । पहिलो कार्यकालमा नाम विहिन बनेको प्रदेश १ ले दोस्रो कार्यकालको सूरुवातमै नाम पाएको हो । पहिलो कार्यकालमा राजधानिमात्र टुङ्याएको प्रदेश सभाको बुधबारको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गर्यो । प्रदेश सभामा मतदान हुदा कोशी प्रदेशको पक्षमा ८२ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना सांसदलेमात्र मतदान गरेका थिए । ६ जना अनुपस्थित रहेका थिए । कोशी प्रदेशको विपक्षिमा रहेकी जनता समाजवादी पार्टीकी नेता एवम स्वास्थ्य मन्त्री निर्मला लिम्बुले मतदान गर्न पाइनन् । । मतदान शुरु भएपछि प्रदेश सभामा प्रवेश गरेपछि मर्यादापालकले प्रदेश सभा बैठकमा प्रवेशमा रोकेका थिए । नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए भने समर्थकमा काग्रेसका भुपेन्द्र प्रसाद राजवंसी र एमालेका निरनराई समर्थक रहेका थिए । ९३ सदस्य प्रदेश सभामा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १२ , राप्रपाका ६, एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । कोसी प्रदेशको प्रस्तावमाथि नेकपा एसका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले किराँत लिम्बुवान कोसी नामको संसोधन प्रस्ताव दर्ता गरेका थिए । तर संसोधन प्रस्ताव अस्विकृत भएको थियो ।


