धरान । नेपाल बजार बिक्रि प्रतिनिधि संघ धरान इकाई समिती गठन भएको छ । विभिन्न कम्पनि मा आवद्ध भई धरान बजारमा काम गर्दै आएका बजार प्रतिधिहरुको भेलाले पवन श्रेष्ठको अध्यक्षतामा संघको धरान इकाई गठन गरेको हुन् । संघका केन्द्रिय अध्यक्ष नरेन्द्र विष्टको प्रमुख आतिथ्यमा भएको भेलाले श्रेष्ठलाई सर्वसहमत अध्यक्षमा चुनेको थियो ।
संघको उपाध्यक्ष उमेश मास्के , सचिव अमित गुरुङ , सह सचिव विजय प्रधान र अर्थ सचिवमा अविषेक श्रेष्ठ चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठको अनुसार सदस्यहरुमा मनिष लिम्बु, लिला ढुङ्गाना,सुमन परियार ,मनिता कटुवाल ,पुजा थापा र कल्पना श्रेष्ठ चयन भएका छन् । भेलाले सल्लाहकारहरुमा मानस चौहान , विपिन शाक्य,तुलसी अधिकारी, विमेश कुमार श्रेष्ठ र भेषराज श्रेष्ठलाई चयन गरेको छ ।


