धरान धरान मदिरा व्यवसायी संघमा ३ बर्षे कार्यकालको लागी निर्वाचित पदाधिकारीहरुको पदस्थपान गरिएको छ । धरान १६ स्थित गुरुङ बी।बी क्यूमा एक कार्यक्रमको आयोजना गर संघका पदाधिकारी तथा सदस्यहरुको पदस्थानि गरिएको हो । संघ गत फागुन ८ गते भएको  ९ औ साधारण सभाबाट  लील कुमार माझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । संघको सचिव पद वाहे  सबै कार्यसमिति निर्विरोध  निर्वाचित थिए  । सचिव पदमा भने निर्वाचान भएको थियो । सचिव  लक्ष्मण श्रेष्ठलााई पराजित गर्दै जीवन शाही निर्वाचित भएका थिए ।  साधारण सभाबाट उपाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ , सह सचिवमा  गणेश पौडेल र कोशाध्यक्षमा निमेश अग्रवाल निर्वाचित भएका थिए । संघ सदस्यहरुमा  हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन ।  नेपाल मदिरा व्यबसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यमा भएको पदस्थापन कार्यक्रमको अध्यक्षता भने  निवर्तमान अध्यक्ष नविन कुमार तामाङले गरेका थिए ।  कार्यक्रमा  मदिरा व्यवसायी संघका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठ , कम्पनी तथा डिलरका प्रमुखहरुको उपस्थित रहेको थियो । सचिव प्रदिप कुमार श्रेष्ठले संघले गरेको कार्यहरुको प्रतिवेदन पेश गरेका थिए ।

madira 1

     कार्यक्रममा एक पत्रकार सहित ३ जनालाई सम्मानित गरिएको थियो  ।। चलचित्र पत्रकार संघ सुनसरी अध्यक्ष विनोद विश्वकर्मा , अग्रज मदिरा व्यवसायी युगल कुमार श्रेष्ठ  र नेपाल डिस्ट्रिलरी प्रालिका कर्मचारी तुलसी अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी संघलाई सहयोग गर्ने तीन कम्पनीलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । जसमा गोरखा ब्रुअरी सर्वोत्कृष्ट र जावला खेल गू्रप इन्डस्ट्रीजलाई उत्कृष्ट सहयोगीको रुपमा थिए ।