धरान ।  झापाको काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि नजिक पुगेको छ । धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको युनाइटेड कर्साङ फुटबल क्लबलाई १ विरुद्ध ३ गोलले पाखा लगाउदै काकरभिट्टाले फाइनल यात्रा तय गरेको हो । काकरभिट्टाले उपाधिको लागी बिहिबार हुने एन्फा मोरङं र विदेशी टोली एभेनियर फुटबल क्लब क्याम्रुन विचको हुने अन्तिम सेमीफाइनलको विजेतको सामना गर्ने छ । काकरभिट्टाको लागी  विदेशी खेलाडी  यमी, शुसिल राई र निशान लिम्बुले. १ – १ गोल गर्दा कर्साङका हेमराज भुजेलले एक मात्र सान्त्वोना गोल गरे 3            यमिले खेलको २२ औ मिनेटमा गोल गरे  । उनले निशान लिम्वुको पासमा विपक्षी  गोल रक्षक  मनोज प्रधान बिट  भएको  अवस्थामा  उत्कृष्ट गोल गरे । १ गोलले पछि परेको कर्साङकालागी हेमराज भुजेलले खेलको ४५ औ मिनेटमा गोल गर्दे खेल बराबरीमा पुर्याए । उनले प्रतिक लामाको  लामो पासमा विपक्षि गोल रक्षक विश्व चौधरी विट भएको मौकामा हेडिङ गोल गरेका थिए । पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने काकरभिट्टाले २ गोल गर्दे गोल्डकपको अन्तिम दूइमा स्थान सुरक्षित ग¥यो । खेलको ५१ औ मिनेटमा सुशिल राईले गोल गर्दै  खेलमा अग्रता कायम गरे ।  म्यान अफ दि म्याच यमिको क्रसमा गिल्सन लिम्बुले हेडमार्फत  मिलाइदिएको पासलाई शुशिलले गोल गरे ।८९औ मिनेटमा निशान लिम्बुले पेनाल्टीमार्फत गोल गरे । उनले  विपक्षी रोशन भुजेलले डि बक्स भित्र  शुशिल लाई फल गरे पछि पाएको पेनालिल्टीलाई सदुयोग गर्दै गोर गरेका थिए । म्याफ दि म्याच यमीले नगद १० हजार पाए । budha subba goldcup 1      कर्साङले खेलमा पाएका केही राम्रा मौकाको सदुपयोग गर्न सक्दा  सेमी फाइनल वाट घर फर्कन बाध्य भयो । खेलको ४८ औ मिनेटमा प्रतिको लामाको पासमा गोल गर्ने सुन्दर मौका क्याप्टेन राज राउत चुके । उनलको प्रहार पोष्ट नजिक वाट बाहिरिएको थियो । ५६ औं मिनेटमा सुब्रोत सोरेनले डिबक्स नजिक वाट गरेको फ्रिक प्रहार विफल भयो । ७९ औ मिनेटमा सन्दिप लिम्बुको पासमा गणेश लिम्बुले गोल गर्न नसक्दा कर्साङ नतिजा सुम्पन्न बाध्य भयो । सोचे अनुरुपको खेल प्रर्दशन नहुदा पराजय भोग्नु परेको कर्साङ कोच उर्गेन लामाको भनाई थियो । आपसी तालमेल हुने सकेन उनले भने स्ट्रयाकरहरुको कमजोरीका रहयो , गोल गर्न पाएका  राम्रो मौका सदुपयोग हुन सकेन ।  7            काकरभिट्टाले समेत दर्जनौ गोल गर्न अवसर गुमाएको थियो  । खेलको १४ औ मिनेटमा खामिर गिल्सन लिम्बुको प्रहार विपक्षि गोल रक्षक मनोज प्रधानले पञ्च गरे । लगतै पाएको कर्नन प्रहार मा समेत विफल भयो । ४९ औ मिनेटमा यमीको कायन्टर एट्याक क्रसबार नजिक वाट वाहिरियो । ६३ औ मिनेटमा यमीको पासमा  निशान लिम्बुको प्रहार विपक्षि डिफेन्डर विरने प्रधानले रोके । लगतै निशान लिम्बुको कर्नर  पाएको सुरेश कुमालको हेड प्रहार क्रसबार नजिक वाट बाहिरियो । सुरुवातमै अग्रता कायम गरेको भए पनि संमालिन नसक्दा गोल खानु परेको काकरभिट्टाका कोच मुन्ना सुब्बाले प्रतिक्रिया दिए । खेल राम्रो हुदा हुदै पनि डिफेन्डर घाइते हुनु र ४–३–२को फर्मेसनमा खेल्दा संमाहिन गार्हो भयो उनले भने दोस्रो हाफमा फर्मेसन परिवर्तन गरि ४–४–२मा खेल्दा सहज भयो र थप गोल गर्न सफल भयौ ।  कर्साङ पहिलो खेलमा आयोजकलाई  ट्राइब्रेकरमा  ५–३ पराजित गर्र्दै सेमीफाइनल पुगेको थियो भने काकरभिट्टाले पाँच पटकको विजेता नेपाल पुलिस क्लब काठमाडौलाई  २ –०  गोलले  पाखा लगाउदै सेमी फाइनल यात्रा तय गरेको थियो ।