धरान  । गोलरक्षक रमीजय गच्छदार चम्कदा  पहिलो पटक सहभागी एन्फा मोरङं धरानमा जारी २३ औ बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गोलरक्षक गच्छदारले ट्राइबेकरमा ४ मध्ये ३ गोल रोक्दै आफ्नो टिमलाई अन्तिम चारमा पुर्याए ।    बुढासुब्बा गोल्डकपको २३ औ संस्करणको अन्तिम क्वाटर फाइनल खेलमा बङ्लादेशी टोली कावरन बजार प्रगति संघ (केबिपिएस) लाई ट्राइबेकरमा १ विरुद्ध ३ गोलले एन्फा मोरङले   पाखा लगायो  ।  जित सगै  मोरङले फाइनल यात्राका लागी विदेशी टोली  एभेनियर फुटबल क्लब  क्याम्रुनको सामाना गर्ने छ । 

IMG_20230228_175121

धरान रगंशालामा मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलको ट्राइबेकरमा ३ गोल रोकेका मोरगंका गोल रक्षक  रमीजय गच्छदार खेलको म्यान अफदि म्याच हुदै नगद १० हजार पाए । मोरङको जितका लागी सञ्जय धिमाल,सान याख्खा,मनिष धिमाले गोल गर्दा धिर विष्टको प्रहार भने वंगलादेशका गोल रक्षक कोवीजले रोकिदिए । वंगशादेशका लागी खोका वावु  ले मात्र गोल गरे भने फोरिड,सागर साहिन को प्रहार भने मोरङंका गोलरक्षक रमीजय गच्छदारले रोकिदिए । पहिलो पटक गोल्डकप मात्र नभई अन्तराष्ट्यि स्तरको प्रतियोगितामा सहभागि मोरङले पाएको राम्रा मौका हरु सदुपयोग गर्न नसक्दा नतिजको लागी ट्राइबेकर कुर्नु परेको थियो ।  खेलको पहिलो मनेटमै सञ्जय धिमाल पाएको सुन्दर अवहर गुमाए । उनले वान भर्सेज वानको अवास्थामा गरेका प्रहार वंगलादेशमा गोल रक्षक कोवीजले रोकि दिदा १७ औ मिनेटमा गिल्सन गिरिको पासमा सागर विकले डिबक्स भित्रवाट गरेको प्रहार क्रसबार छेउ वाट वाहिरियो ।

2 4

२१ मिनेटमा सञ्जय धिमालको प्रहार विपीक्ष जाजा ले गोक रक्षकलाई हेडिङपास दिदा आत्मघाति गोल गरे । तर निणार्यकले सो गोल मान्यता थियनन् फल भएको संकेत गरे । ५७ औ मिनेटमा सागर विकको काउन्टर प्रहार विपक्षि गोल रक्षक  कोवीज  ले नियन्त्रण लिए । स्थानिय स्तरको प्रतियोगितामा मात्र सहभागि हुदै आएको मोरङ पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सहभागि  हुदै अन्तिम चारमा पुग्न सफल भएको भन्दै मोरङका कोच रानु रानामगर खुसी व्यक्त गरे । युवा खेलाडीहरु रहेका हाम्रो टिमले राम्रो खेल प्रदर्शन गर्यो  उनले भने –  रक्षापक्ति र मिड वाट राम्रो वल निकादिएको भए पनि फिनिसिङ समस्या हुदा खेल ट्राइबेकरमा पुग्यो । बंगलादेश शनिबार प्रथम भद्रपुर झापा गोल्डकप अन्तिम क्वाटरफाइनलमा भिभागीय टोली एपिएफसँग सडन डेथमा पराजित भएको थियो । तिन क्यारुनी खेलाडीसहित मैदानमा उत्रिएको बंगलादेशले खेल राम्रो खेलेका भए पनि राम्रा मौकाहरु सदुपयोग गर्न सकेन ।   वंगलादेशकोकालागी खेलको पहिलो मिनेमै साहिन को उत्कृष्ट प्रहार विपक्षि गोल रक्षले  गच्छदारले रोकिदिए  भने १५ औ मिनेटमा ग्लोरी जिपक्षि गोल रक्षक विट भएको अवस्थामा खाली पोष्टमा समेत गोल गर्न  चुके भने ३६ औ मिनेटमा साहिनको पासमा सद्दाम  पनि खाली पोष्टमा गोल गर्न असफल रहे । विपक्षि गोल रक्षक विट भएको अवस्थामा सानो डि बक्स वाट समेत उनले गोल गर्ने सकेनन् । ७१ ऋौ मिनेटमा डिबक्स नजिक वाट पाएको फ्रिक किकको मौका राजुले सदुपयोग गर्न सकेनन् । उनलको फ्रिकिक  प्रहार त्रसबार नजिक वाट वाहिरियो । ढाकाको केबिपिएस ’बङ्गलादेश च्याम्पियनसीप लिग’  समूहमा समेत छनोटमा रहेको टिम हो । क्याम्रुनी खेलाडीको कारण आफुरुहरु पराजित भएको बंगादेशका व्यवस्थापक दुदाल सरदारले आरोप लगाए । आजको खेल हामीले जितेका भए सेमि फाइनलमा क्यारुनी टिम सग खेल्नु पर्ने हुन्थ्यो उनले भने  – त्यही भएर उनिहरुले राम्रो खेलेनन् , हामी सग ४ जना थिए तर ३ जनाले खेले पनिज एक जना डिन  भने खेल्न नै मानेनन्  ।  उनले जाजा,मुबा  र ग्लोरी ले खेलेको भए पनि यस अभिका प्रतियोगितामा जस्तो राम्रो नखेलेको भन्दै उनले भने हामीलाई खेलाडी सगै नेपाली एजेण्डले पनि धोका थिए ,डिनले.त एजेण्ड नखेल्नु भनेको ट भन्दै मैदान प्रवेश गर्ननै मानेन् ।  यो सगै क्वाट फाइनलको समिकरण सकिएको छ भने बुधबार पहिलो सेमीफालाई खेल युके एफसि भारत र केएफ टिसि झापा विच हुने छ ।