धरान । पाँच पटकको विजेता नेपाल पुलिस क्लब काठमाडौलाई पाखा लगाउदै झापाको काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा जारी प्रतियोगितामा पुलिसलाई शुन्यका विरुद्ध २ गोलले पछि पार्दै काकरभिट्टा सेमी फाइनल प्रवेश गरेको हो । काकरभिट्टाको जितमा दुवै गोल निशान लिम्बुले गरेका थिए । निशानले २० औं र ८० औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित हुदै निशानले नगद १० हजार पनि हात पारे ।

उनले खेल सूरु भएको २३ औ मिनेटमा यमिको पासमा र ८० औ मिनेटमा टिम क्याप्नेट खामिर गिल्सन को पासमा गोलगरेका थिए । काकरभिट्टाले फाइनल प्रवेशका लागी भारतको युनाइटेड कर्साङ फुटबल क्लबको सामना गर्ने छ । २१औ संस्करणको हारको वदला लिदै काकरभिट्टाले सर्वाधिक उपाधि विजेता तथा गत बर्षको उपविजेता पुलिसलाई पाखा लगाउदै पहिलो पटक गोल्डकपको सेमीफाइनल सम्म को यात्रातय गरेको हो ।

काठमाडौको हिमालन शेर्पा क्लबका अधिकांश खेलाडी उतारेको काकरभिट्टाले गोल गर्न सुन्दर मौकाहरु गुमाएको थियो । खेलको १० औ मिनेटमा यमीको पाएको सुन्दर मौका सदुपयो गर्न सकेनन् भने २५ औ मिनेटमा निशान लिम्बुको आकर्षक प्रहार माथिल्लो बारमा लाग्दै वाहिरिदा निशाको पासमा यमिलेको गोल प्रहार पुलिसका गोल रक्षक अमित तामाङले विफल तुल्याइदिए । ७६ औ मिनेटमा मिलन राईको आकर्षक प्रहार पुसिस सुमन सुवेलीले क्लिर गरे । काकडभिट्टाका प्रशिक्षक मुन्ना सुब्बाले सूरुवात देखीनै राम्रो प्रदर्शन भएको वताउदै काकरभिट्टाका प्रशिक्षक मुन्ना शुब्बाले भने –हाम्रो युवा खेलाडी सगै टिम सेट रहेको कारण नतिजा हाम्रो पक्षमा आयो । दोस्रो हाफमा खेलमा तालमेल नमिलेको भए पनि सुरुवतामै अग्रता लिएको र विपक्षि टिम आक्रमक भए पनि पुन खोल गर्न सफल भए सगै जित निश्चित भएको उनको भनाई थियो । उनले भने – ‘पहिलो हाफमा नै २ ० को अग्रताको अपेक्षा थियो तर पुरा हुन नसक्दा दास्रो हाफमा तालमेल नमिले जस्तो देखियो ।’ बुढासुब्बा गोल्डकपको ५ पटक उपाधि उचालिसकेको पुलिसले जुमानु राई , सुमन सुवेदी र भोला सिलवालसँगै पुराना अनुभवि तथा युवा खेलाडी सहित मैदानमा उतारेको भए पनि हार भने टार्न सकेन । पहिलो हाफमा भोला सिलवलाले क्याप्टेनसिप गरेका थिए भने दोस्रो हाफमा सिनियर तथा अनुभवी खेलाडी जुमानु राई दोस्रो हाफमा मैदानमा प्रवेश गरेपनि नजिता आफ्नो पक्षमा पार्न सकेन । खेलको ५ औ मिनेटमा भोला सिलवाल वान भर्सेस वान को मौकामा चुके । उनको प्रहार विश्व चौधरीले विफल पार्दा ११ औ मिनेटमा भोलाको पासमा समिर राईको गोल प्रहार वाहिरियो । दिल वहादुर तामाङको फ्रि किकि पासमा पाएको मौकामा सुमन सुवेली गोल गर्न चुके । नयाँ सगै अनुभवि पुराना खेलाडी समेत गोल गर्न चूक्दा गोल्डकपको उपाधिमा ह्याट्रिक गर्ने सपना पुरा हुन सकेन । आफुहरुले पाएका राम्रा मौकाको गोल गर्न नसक्दा पहिलो चरण वाटै वाहिरिनु परेको पुलिसका कप्तान भोला सिलवालको भनाई थियो । लिगको तयारीको कारण राम्रा खेलाडि नआएको कारण पुराना र नया खेलाडी विचको तालमेल नमिल्दा हार भएको सिलवालको भनाई थियो । ‘टिममा अधिकांश नयाँ खेलाडीहरु र हामी पुराना भएकोले तालमेल हुन सकेन ।’ उनले भने – ‘तालमेल सगै पाएका राम्रा मौका समेत सदुपयोग गर्न सकनौ । ’ मंगलबारको अन्तिम क्वाटर फाइनल खेल एन्फा मोरङ र केबीपीएस वंगालदेश बिच हुनेछ ।



