धरान । विदेशी टोली क्यामरुनी टिम एभिनाइर फुटबल क्लब २३ औ बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बागमती युवा क्लबलाई शुन्यका विरुद्ध १ गोलले पाखा लगाउदै क्यामरुनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । क्यामरुनको जितको लागी सावा अलिले गोल गरेका थिए । उनले क्याप्टेन गिनिको पासमा खेलको १४ औ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । जित सगै क्याम्रुनले फाइनल यात्राकोलागी एन्फा मोरङ र केबीपीएस वंगालदेश विच फागुन १६ गते हुने खेलको विजेताको सामना गर्ने छ ।

धरान रंगशालामा आइबारको भएको खेलको म्यान अफदि म्याच हुदै वागमतीका आयुष रानाले नगद १० हजार पाए । शारिरिक रुपमा वलिया खेलाडी क्यामरुनकालागी पाएका कही राम्रा मौका सदुपयोग गर्न सकेनन् । खेलको १८ औ मिनेटमा कियाली राजकको उत्कृष्ट गोल प्रहार विपक्षि गोल रक्षक अनिष महतोले नियन्त्रणमा लिए भने २४औ मिनेटमा जोइ अल्डो को प्रहार माथिल्लो वार नजिक वाट वाहिरियो । ७० औ मिनेटमा टिम्बाको प्रहार विपक्षि गोल रक्षक अनिषले पञ्च गर्दै विफल बनाइदिदा ७४ औ मिनेटमा मोसेस टुउम को प्रहार पनि अनिषले नियन्त्रणमा लिए । खेलको इन्जुरी समयमा मोसेस टुउमको प्रहार माथिल्लो बारमा लाग्दै बाहिरियो । सोचे अनुरुपको खेल प्रदर्शन हुन नसकेको वताउदै क्यामरुनका प्रशिक्षक आषिक थापामगरले रेफ्रिको निर्णयमा भने चित्तबुझाउन सकेनन् । ‘आजको खेल अपेक्षाकृत भएन’ उनले भने ‘खेल सगै रफी्रहरुले समेत एक तर्फी निर्णय गरे ।’ रेफ्रीको व्यबहारले खेलाडी हतोत्सायी भए पनि स्कोर गर्न सफल भएको वताउदै उनले पहिलो खेलमा केही कमी कमजोरी भए पनि अघिल्ला खेलामा भने राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे । सुरुवात देखीनै राम्रो खेल प्रदर्शन गरेका वागमति युवा क्लवले भने गोल गर्ने सुन्दर अवशरहरु सदुपयोग गर्न नसक्दा पहिलो चरण वाटै घर फर्कन बाध्य भयो । विपक्षि टिमलाई दवावमा राखेको वागमतिको लागी खेलको २२ औ मिनेटमा अविनास स्याङ्ताङले पाएको फ्रिकिकको मोैका सदुपयोग गर्न सकेनन् । उनको प्रहार विपक्षि गोल रक्षक तासो अलाइनले नियन्त्रणमा लिए भने ३० औ मिनेटमा देव गुरुङले गरेको फ्रि किक प्रहारले पनि गोलको दिसा दिन सकेन । ३२ औ मिनेटमा अविनास स्याङ्ताङको फ्रिकिक प्रहार विपक्षि गोल रक्षक तासो अलाइन ले पञ्च गरे लगतै अभिनासले गरेका कर्नर प्रहार समेत गोल रक्षकले पञ्च गरेर बचाए । ६४ औ मिनेटमा देव गुरुङको प्रहार विपक्षि गोल रक्षको हातवाट फुस्ककेको वललाइ समेत सदुपयोग गर्न नसक्दा ७३ औ मिनेटमा विजय घलानले गरेको उत्कृष्ट गोल प्रहार गोलपोष्टको माथिल्लो बारमा लाग्दै बाहिरियो । खेलको ७७ औ मिनेटमा अविनास स्याङ्ताङ पेनाल्टि एरियामा विपक्षि गोल रक्षकले पञ्च गरेर आएको रिवान्स वललाई जाली चुमाउने सुन्दर अवसर गुमाए । विजय घलानको प्रहार विपक्षि गोल रक्षकले पञ्च गरेपछि उनले रिवान्स वल लाई प्रहार गरेका थिए उनको प्रहार विपक्षि डिफेन्सले रोकेका थिए । खेल राम्रो भएको भए पनि पाएका राम्रा मौकाहरु सदुपयोग गर्न सक्दा निराश हुनु परेको वागमतिका प्रशिक्षक रोहित केसीको भनाई थियो । उनि रेफी्रको निर्णय प्रति पनि सन्तुष्ट थिएनन् । ‘खेल हाम्रो पक्षमा थियो , ६०–४०मा थियो खेल’ उनले भने – ‘हामी भन्दा उनिहरु शारिरिरुपमा वलिया थिए ,सगै रेफी्रहरुले समेत राम्रो निर्णय नगर्दा खेल गुमाउन पुग्यौ ।’ उनले खेलमा पहेलो कार्ड समेत पाएका थिए । 
सोमबारको अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबले झापाको काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्ने छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख पाउने छ भने उपविजेताले नगद ५ लाख पाउनेछ ।



