धरान   ।   पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लब २३ औ बुढासुब्बा टुबोर्ग  गोल्डकपको पहिलो चरणवाटै वाहिरिएको छ  । २२ औ गोल्डकपमा समेत  भारतको युनाइटेड कर्साङ फुटबल क्लब  सग ट्राइब्रेकरमै पहिलो चरण वाट वाहिरिएको आयोजक २३ औ संस्करणमा पनि युनाईटेड सगै ट्राइब्रेकरमै पराजित भयो ।  आयोजकलाई ट्राइब्रेकरमा  ५–३ पराजित गर्दै युनाईटेडले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । युनाइटेटमा लागी ५ जनाले गोल गर्दा आयोजकको तर्फवाट  भने  ३ जनालेमात्र गोल गरे । २२ औ संस्करणको वदला लिदै इेतिहासिक जित निकाल्ने  लक्ष्य बोकेको   आयोजकका   रिवस मास्के टाइब्रेकरमा चुक्दा  पहिलो चरणवाटै वाहिरिएको   ।  निर्धारित समयमा दुवै  टिम वाट गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । आयोजकका मास्केले टाइब्रेकरमा गरेका प्रहार युनाइटेडका गोलरक्षक मनोज प्रधानले  रोके  सगै गोल्डकपमा वाट आयोजक वाहिरियो ।  टाइब्रेकरमा युनाइटेडकालागी सिद्धान्त क्षेत्री , सुब्रोत सोरेन , साहिल राई , आकाश प्रधान र राज राउत ले गोल गरेका थिए । आयोजकका तर्फवाट भने दार्जे शेर्र्पा , प्रविन भुजेल र रोमन लिम्बुले मात्र गोल गरेका थिए । खेलको म्यान अफदि म्याच  हुदै युनाइटेडका गोल रक्षकले नगद ३५ हजार पाए ।    खेलको सूरुवात देखिनै युनाइटेडलाई दवाव मा राखेको आयोजकले गोल गर्न पाएका सुन्दर अवशरको सदुपयोग गर्न नसक्दा पहिलो खेल वाटै वाहिरियो ।  आयोजकका लागी खेलको १२ औ मिनेटमा एन्सन राईको प्रहार विपक्षि गोल रक्षक मनोज प्रधानले .पञ्च गरे  लगतै एन्सनले गरेको सुन्दर प्रहार मनोजले रोकिदिए । दोर्जे शेर्पाको पासमा खेलको २६ औ मिनेटमा लोचन लिम्बुले पेनाल्टि एरिया वाट गरे हेडिङ प्रहार सफल हुन सकेन । पहिलो हाफको इन्जुरी समयमा विट्टु तामाङ वान भर्सेस वानको मौकामा समेत गोल गर्न चुक्दा ५१औ मिनेटमा वर्तमान राईको पासमा विट्टुराई गरेको गोल प्रहार माथिल्लो वारमा लाग्दै वाहिरियो ।इन्जुरी समयमा विनोद राई पाएको वान भर्सेन वानको मौका समेत सदुपयाग गर्न सकेनन् । खेल राम्रो हुदा हृुदै पनि स्कोर निकाल्न नसक्दा नजिता आफ्नो पक्षमा आउन नसकेको आयोजकका कोच सागर घिमिरेले वताए । ‘खेल हाम्रो पक्षमै थियो , सोचे अनुरुपकै खेल प्रदर्शन भयो’ उनले भने – हामीलाई भाग्यले साथ दिएन , राम्रो प्रहार पनि बारमा लागेर वाहिरियो ।’  निर्धारित समयमा स्कोर निकाल्न नसक्दा खेल ट्राइब्रेकरमा जानुनै आफ्नो टिमको लागी दुर्भाग्य सावित भएको उनको भनाई थियो । उद्घाटन खेलमा खासै रामै्र प्रदर्शन गर्न नसकेको युनाइटेडको लागी खेल ट्राईब्रेकरमा जानुनै फाइदा भयो । खेलको ३० औ मिनेटमा विरेन प्रधानको उत्कृृष्ट प्रहार धरान गोल रक्षक आशिष कार्कीले विफल तूल्याइदिए भने पहिलो हाफको अन्तिम समयमा सिद्धान्त क्षेत्रीको प्रहार धरान गोलरक्षक आशिष कार्कीले रोके । लगतै विक्की थापाको प्रहारले गोलको दिसा दिन सकेन ।  पहिलो खेल त्यसमा पनि आयोजक सँग खेल्नु पर्दा टिमले राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेडका कोच उर्गेन लामाले वताए । ‘खेलमा हामी दवावमा थियो, उद्घाटन खेल त्यसमा पनि तयारी राम्रो हुन सकेन’ उनले भने – तर ट्राइब्रेकरमा भने हामी भाग्यमानि सावित भयौ ।’  उनले अघिल्ला खेलमा आफ्नो टिम प्रदर्शन राम्रो हुने विश्वास व्यक्त गरे । धरान उपमहानगर पालिका मेयर हर्कराज राईले उद्घाटन गरेको गोल्डकप २० गते सम्म चल्ने छ । गोल्डकपमा भोली वागमति युवा क्लवले विदेशी टिम एभेनिर फुटबल क्लब क्यामरुनको सामना गर्ने छ । २०७७ र २०७८ सालमा भने कोरोना महामारी र आर्थिक संकटले गर्दा क्रमशः २३ औं र २४ औं सँस्करण आयोजना हुन  सकेको थिएन  । २ बर्ष रोकिएर भएको गोल्डकपमा  नेपालका ए डिभिजन  क्लब मध्ये वाट  नेपाल पुलिस क्लबले मात्र सहभागिता रहेको छ भने  ,३ विदेशी टिम एभेनियरएफसि क्यामरुन, केबिपिएस वंगलादेश, भारतको युनाइटेड कर्साङ फुटबल क्लब  सगै बागमती युवा क्लब सर्लाही,  केएफटिसि झापा, एन्फा मोरङको  सहभागिता रहने छ ।  प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख पाउने छ भने उपविजेताले नगद ५ लाख पाउनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई  यो पटक भने नगद १ लाख दिइने क्लवका कोशाध्यक्ष घनश्याम बुढाथोकीले वताए । प्रतियोगितामा व्यक्तिगत तर्फ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ  भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार पाउने कोशाध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई  ट्रफि सहति ३५ हजार पुरस्कार  वताए  । 

IMG_5554


2 21 2