मनाङको  कप्तान पुर्व राष्ट्रिय खेलाडी कार्की  नियुक्त 

deep karkii

धरान 

ए डिभिजन फुटवल क्लब मनाङ मस्र्याङ्दी क्लबले पुर्व राष्ट्रिय खेलाडी दिप कार्कीलाई  कप्तानको रुपमा नियुक्त गरेको छ । राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई  यस सिजनको ए डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको  क्लबका अध्यक्ष विजय घलेले एक विज्ञप्ति जारी गरि जानकारी दिएका हुन्  । कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने  अध्यक्ष घलेले विश्वास व्यक्त गरेका छन् ।