फागुन  ११ देखि धरान एक्स्पो २०७९ 


धरान ।  सुनसरी उद्योग वाणिज्य संघको आयोजनामाहुन लागेको ‘धरान एक्स्पो २०७९को तयारी  तिव्र पारिएको छ  ।   

धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा फागुन ११ देखि २० गतेसम्म आयोजना हुने एक्स्पोको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ  ।   धरान रंगशालामा हुने  एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई तीव्रता दिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले बताए । धरान एक्स्पो २०७९ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।

iamge1



नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय १३ स्टलले आ(आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवद्र्धन गर्नेछन् ।

एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने संयोजकले श्रेष्ठले वताए  ।   प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र सांघाईलगायत अतिथिको उपस्थिति रहनेछ ।

एक्स्पोको मुख्य प्रायोजकका रूपमा मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग बियर, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेट रहेका छन ।

                                                            स्टल बुकिङ खुला 

EXPO image 1



 फागुन ११ देखि आयोजना हुने ‘धरान एक्स्पो २०७९’का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानमा पहिलो पटक डोम प्रविधिको प्रयोग गरी आयोजना हुन लागेको एक्स्पोमा विभिन्न क्षेत्रका एक सय बढी स्टल रहने छन ।  एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले बताएको छ । त्यसबाहेक, कृषि औजार, कपडा, छाला, विदेशी, घरेलु उपभोग्य, मेशिनरी, अटोमोबाइल, बैंकिङ, वित्तीय एवम् बीमा, खाद्य, खेल, साहित्य र भवन निर्माणका स्टल एक्स्पोमा सहभागि हुँदैछन ।  सुस्ताएको नेपाली बजारलाई चलायमान बनाउन र प्रदेश १ को औद्योगिक नगरी धरान र सुनसरी जिल्लाको समग्र व्यवसायीक प्रवद्र्धन गर्ने लक्ष्यसहित एक्स्पो आयोजना भइरहेको र त्यसका लागि स्टल बुकिङ खुला गरिएको एक्स्पोका स्टल बुकिङ संयोजक विष्णु बरालले जानकारी दिएका छन । ‘आम्दानी गर्नेभन्दा धरानले पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो’ स्टल संयोजक बरालले भने, ‘त्यसैले व्यवसायी, उत्पादक र व्यापारीलाई हाम्रो यस अभियानमा सहभागि भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

स्टल निर्माणमा प्रति स्टल २६ हजार ५ सय खर्च भएपनि एक्स्पोमा सहभागि हुनेलाई मूल्य अभिवृद्धि करसहित ११ हजार तीन सय रुपैयाँमा स्टल उपलब्ध गराइने आयोजकले बताएको छ ।   एक्स्पोमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक प्रस्तुति र रैथाने उत्पादनको प्रवद्र्धन गर्न पर्यटन गोष्ठिसहित प्राज्ञिक बहस आयोजना हुनेछ ।